Skip to content

बुढीगण्डकी जलासाययुक्त आयोजना अगाडि बढाऔँ, निजी क्षेत्र लगानी गर्न तयार छः अध्यक्ष ढकाल

nabil bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । ।

धादिङ उद्योग वाणिज्य संघले आयोजना गरेको १०औँ धादिङ महोत्सवको उद्घाटन समारोहमा अध्यक्ष ढकालले लामो समयदेखि चर्चामा रहेको १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलासाययुक्त जलविद्युत आयोजना अगाडि बढाउनुपर्नेमा विशेष जोड दिए । साथै उनले त्यस अवसरमा बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको निर्माण तत्काल अघि बढाउन दबाब दिने उद्देश्यले सञ्चालन गरिएको हस्ताक्षर अभियानमा हस्ताक्षर समेत गरे ।

नेपालभरका उद्यमी, व्यवसायी तथा लगानीकर्ताहरुको लगानीमा नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी) कम्पनी स्थापना गरिएको र यस आयोजनामा स्रोतको कमी भएको भए निजी क्षेत्रको तर्फबाट यस कम्पनीमार्फत लगानी गर्न आफूहरु तयार रहेको समेत अध्यक्ष ढकालले बताए । “ नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको छ । जलविद्युतको विकाससँगै यहाँका खनिज, कृषि उत्पादन तथा अन्य व्यवसायको सम्भावनालाई पनि थप उजागर गर्न सहयोग पुग्ने छ । आवश्यक परेमा हामी सहयोग गर्न तयार छौं ” उनले भने ।

उनले धादिङ जिल्लामा रहेका कुनै पनि सम्भावनाका क्षेत्रहरु जस्तै खनिज, कृषि तथा अन्य कुनै पनि उद्यम, व्यवसायमा लगानी गर्न एनडीपी तयार रहेको समेत उल्लेख गरे । उनले निजी क्षेत्रले कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट÷स्रोतमा सम्पन्न गर्ने गरेको बताए ।

“गत भदौको जेनजी आन्दोलनका भएको घुसपैठका क्रममा निजी क्षेत्रका धेरै उद्योग, कलकारखाना, होटल तथा व्यवसायिक प्रतिष्ठानहरुमा आगजनी र क्षति भएको अवस्था थियो । तर, निजी क्षेत्रका सबैजसोले अहिले ती व्यवसायहरु मर्मत, सम्भार र पुननिर्माण गर्दै सञ्चालनमा समेत ल्याई सकेका छौँ । निजी क्षेत्र कुनै पनि आयोजना तोकिएको समयमा, तोकिएको गुणस्तर र तोकिएकै बजेट÷स्रोतमा सम्पन्न गर्ने गरेका छौँ,” उनले भने ।

अध्यक्ष ढकालले निजी क्षेत्रमाथि भएका धरपकड र निजी व्यवसायमाथि गरिएको प्रहारले निजी क्षेत्र भयभित भएको बताए । “निजी क्षेत्रले उत्पादन गरेको छ । पूर्वाधार निर्माण गरेको छ । सेवा दिएको छ । रोजगारी सृजना गरेको छ । राजस्व तिरेको छ । तर, यो निजी क्षेत्र किन सधै उपक्षित भएको छ,” उनले गुनासो गरे ।

अध्यक्ष ढकालले स्थानीयरुपमा आयोजना गरिने मेला महोत्सवहरुले स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने बताउदैँ यस्ता मेला महोत्सवहरुलाई महासंघले सदैव प्राथमिकतामा राख्ने गरेको बताए ।

“यस्ता मेला महोत्सवहरुले स्थानीय उत्पादन तथा सम्भावनाहरुलाई प्रवद्र्धन गर्न सहयोग पुग्छ । यसले स्थानीयस्तरमा आर्थिक गतिविधिहरु विस्तार गर्न, रोजगारी सृजना गर्न सहयोग पु¥याउने हुनाले हामीले यस्ता मेला महोत्सवहरुलाई विशेष महत्वका साथ अगाडि बढाउने गरेका छौँ,” उनले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life