Skip to content

पोखरा फाइनान्सको नाफा २३ करोड ३८ लाख, खराब कर्जा २५.१० प्रतिशत

काठमाडौं । पोखरा फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

फाइनान्सले पुस मसान्तसम्म २३ करोड ३८ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा फाइनान्स ६३ करोड ७९ लाख ६४ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

यो अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १४ करोड ३० लाख ८० हजार बाट घटेर ६ करोड ७३ लाख ७४ हजार रहेको छ । यस्तै सञ्चालन नाफा भने गत आवको दोस्रो त्रैमासमा ऋणात्मक रहेको थियो । पुस मसान्तसम्म ३१ करोड ४५ लाख २६ हजार रहेको छ ।

गत आवको पुस मसान्तमा फाइनान्सको इम्पेरमेन्ट चार्ज १ अर्ब ५२ लाख ६९ हजार रुपैयाँ रहेको थियो । चालु आवको सोही अवधिमा ३५ करोड ५९ लाख ९४ हजार रुपैयाँ रिभर्स गरेको छ । यसले गर्दा नाफा बढेको छ । फाइनान्सको वितरणयोग्य नाफा भने १ अर्ब २२ करोड ८७ लाख ४२ हजार ऋणात्मक रहेको छ ।

१ अर्ब ८ करोड २५ लाख ५६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा ९९ करोड २९ लाख ३७ हजार रहेको छ । फाइनान्सले ७ अर्ब ३८ करोड ९० लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरेर ४ अर्ब ३३ करोड ७५ लाख ४१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

फाइनान्सले दोस्रो त्रैमासको रिपोर्टमा प्रतिसेयर आम्दानी खुलाएको छैन । प्रतिसेयर नेटवर्थ भने ७८.२२ रुपैयाँ छ । यस्तै खराब कर्जा २५.१० प्रतिशत रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life