Skip to content

वाणिज्य बैंकको प्रतिसेयर आम्दानी औसत १६.३० रुपैयाँ, कुन बैंकको कति ?

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म वाणिज्य बैंकको प्रतिसेयर आम्दानी १६.३० रुपैयाँ रहेको छ । वाणिज्य बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको तुलनामा १.९० पैसाले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासम्म बैंकको यस्तो आम्दानी १४.४० रुपैयाँ रहेको थियो ।

चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै प्रतिसेयर आम्दानी भएको बैंक नबिल बैंक रहेको छ । यस बैंकको यस्तो आम्दानी ३४.०४ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.९९ रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासम्म बैंकको यस्तो आम्दानी २४.०५ पैसा रहेको थियो ।

यसैगरी, प्रतिसेयर आम्दानी सबैभन्दा धेरै हुने दोस्रो बैंक एभरेष्ट बैंक रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी ३०.८६ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२० रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासम्म बैंकको यस्तो आम्दानी ३२.०६ रुपैयाँ रहेको थियो ।

यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रतिसेयर आम्दानी २७.३५ रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४० रुपैयाँले घटेको हो । अघिल्लो वर्ष सोही अवधिमा यस्तो आम्दानी ३२.७० रुपैयाँ रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको प्रतिसेयर आम्दानी २२.६४ रुपैयाँ रहेको छ । बैंकको आम्दानी १२.८८ रुपैयाँले बढेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ९.७६ रुपैयाँ रहेको थियो ।

कुमारी बैंकको प्रतिसेयर आम्दानी २०.७४ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.६० रुपैयाँले बढेको हो । गत वर्ष यस्तो आम्दानी २.१० रुपैयाँ रहेको थियो ।

यता यस अवधिमा सानिमा बैंकको प्रतिसेयर आम्दानी २०.५४ रुपैयाँ रहेको छ । बैंकको आम्दानी २.९३ रुपैयाँले बढेको छ । अघिल्लो वर्ष १७.६१ रुपैयाँ रहेको थियो ।

प्राइम कमर्सियल बैंकको प्रतिसेयर आम्दानी १९.५० रुपैयाँ रहेको छ । बैंकको आम्दानी ०.२२ रुपैयाँले बढेको हो । गत वर्ष १९.२८ रुपैयाँ रहेको थियो ।

नेपाल एसबिआई बैंकको प्रतिसेयर आम्दानी १८.९३ रुपैयाँ रहेको छ । बैंकको आम्दानी ३.४१ रुपैयाँले बढेको छ । अघिल्लो वर्ष १५.५२ रुपैयाँ रहेको थियो ।

सिद्धार्थ बैंकको प्रतिसेयर आम्दानी १७.९८ रुपैयाँ पुगेको छ । बैंकको आम्दानी १०.८० रुपैयाँले बढेको हो । गत वर्ष ७.२० रुपैयाँ रहेको थियो ।

नेपाल बैंकको प्रतिसेयर आम्दानी १७.७६ रुपैयाँ रहेको छ । बैंकको आम्दानी ११.४९ रुपैयाँले बढेको छ । अघिल्लो वर्ष ६.२७ रुपैयाँ रहेको थियो ।

एनएमबी बैंकको प्रतिसेयर आम्दानी १७.१० रुपैयाँ रहेको छ । बैंकको आम्दानी ३.६८ रुपैयाँले घटेको हो । गत वर्ष २०.७८ रुपैयाँ रहेको थियो ।

ग्लोबल आइएमई बैंकको प्रतिसेयर आम्दानी १७.०३ रुपैयाँ पुगेको छ । बैंकको आम्दानी १ रुपैयाँले बढेको छ । अघिल्लो वर्ष १६ रुपैयाँ रहेको थियो ।

माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी १६.७३ रुपैयाँ रहेको छ । बैंकको आम्दानी ३.३७ रुपैयाँले बढेको हो । गत वर्ष १३.३६ रुपैयाँ रहेको थियो ।

हिमालयन बैंकको प्रतिसेयर आम्दानी ११.४५ रुपैयाँ रहेको छ । बैंकको आम्दानी २.५८ रुपैयाँले घटेको छ । अघिल्लो वर्ष १४.०३ रुपैयाँ रहेको थियो ।

कृषि विकास बैंकको प्रतिसेयर आम्दानी ९.९० रुपैयाँ रहेको छ । बैंकको आम्दानी १.६० रुपैयाँले घटेको हो । गत वर्ष ११.५० रुपैयाँ रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको प्रतिसेयर आम्दानी ९.४५ रुपैयाँ पुगेको छ । बैंकको आम्दानी ७.२० रुपैयाँले घटेको छ । अघिल्लो वर्ष १६.६० रुपैयाँ रहेको थियो ।

प्रभु बैंकको प्रतिसेयर आम्दानी ८.६८ रुपैयाँ रहेको छ । बैंकको आम्दानी सामान्य स्थिर रहेको छ । अघिल्लो वर्ष ८.७० रुपैयाँ रहेको थियो ।

सिटिजन्स बैंकको प्रतिसेयर आम्दानी ४.६३ रुपैयाँ पुगेको छ । बैंकको आम्दानी ४.३ रुपैयाँले घटेको हो । गत वर्ष ८.९६ रुपैयाँ रहेको थियो ।

एनआइसी एसिया बैंकको प्रतिसेयर आम्दानी १.७७ रुपैयाँ रहेको छ । बैंकको आम्दानी ०.२७ रुपैयाँले घटेको छ । अघिल्लो वर्ष २.०४ रुपैयाँ रहेको थियो ।

लक्ष्मी सनराइज बैंकको प्रतिसेयर आम्दानी ऋणात्मक २.०४ रुपैयाँ रहेको छ । बैंकको आम्दानी ११.६ रुपैयाँले घटेको हो । गत वर्ष ९.५५ रुपैयाँ रहेको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life