Skip to content

एकैदिन २० हजार ३०० ले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

nabil bank

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेका छ । बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० कायम भएको छ। यसेगरी, एक तोला चाँदीको मोल सात हजार ६५ रुपैयाँ कायम भएको छ । आज सुनको मूल्य तोलाको २० हजार ३०० रुपैयाँले घटेको हो ।

यसैगरी, चाँदीको मूल्य पनि तोलाको २३५ रुपैयाँले घटेको छ । बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० रुपैयाँ र त्यति नै चाँदीको मोल सात हजार ५०५ रुपैयाँ कायम भएको थियो ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ र त्यति नै चाँदीको मोल सात हजार ३०० रुपैयाँ कायम भएको थियो । यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० रुपैयाँ त्यति नै चाँदीको मोल छ हजार ८७० रुपैयाँ कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५३७ र त्यति नै परिमाणको सेतो धातु ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life