Skip to content

फेडको नेतृत्वमा वार्शको घोषणासँगै चाँदीको मूल्य एकैदिन ३१ प्रतिशतभन्दा बढीले घट्यो

nabil bank

काठमाडौं। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य तीव्र रूपमा घट्दै एकैदिन ३१ प्रतिशतभन्दा बढीले तल झरेको छ। बहुमूल्य धातुहरूमा देखिएकोव्यापक बिक्री दबाबका कारण चाँदीसँगै सुनको मूल्यमा पनि ठूलो गिरावट आएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केभिन वार्शलाई आगामी फेडरल रिजर्भ अध्यक्षका रूपमा मनोनयन गरेपछि बजारमा अमेरिकी डलर मजबुत बनेको छ। यस कदमले केन्द्रीय बैंकको स्वतन्त्रतासम्बन्धी चिन्ता कम गराएको र डलरको माग बढाएको विश्लेषकहरूले बताएका छन्। डलरबलियो हुँदा डलरमै मूल्यांकन हुने चाँदी र सुनजस्ता धातुहरूमा दबाब पर्ने गर्दछ।

शुक्रबार करिब १८:३० जीएमटीको समयमा चाँदीको मूल्य प्रतिऔंस ७९.३० डलरसम्म झरेको थियो भने सुनको मूल्य १२ प्रतिशतभन्दा बढीलेघटेर ४,७२४.८० डलरमा झरेको देखिएको छ। यो गिरावट पछिल्ला वर्षहरूमध्ये चाँदी र सुन दुवैका लागि सबैभन्दा ठूला एकदिने गिरावटमध्येएक मानिएको छ।

चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा सन् १९८० मार्चयताकै एकदिनमा सर्वाधिक धेरैले घटेको छ।

विश्लेषकहरूका अनुसार यदि अमेरिकी डलर यस्तै बलियो रहिरह्यो र विश्वव्यापी अनिश्चितता घट्दै गयो भने चाँदीको मूल्य ७९ डलरभन्दा तलपनि झर्न सक्ने सम्भावना छ। तर, भू–राजनीतिक तनाव पुनः बढेमा, मुद्रास्फीति सम्बन्धी चिन्ता तीव्र भएमा वा आर्थिक तथ्यांक कमजोर आएमाचाँदीको मूल्य पुनः उकासिन सक्ने अनुमान गरिएको छ।

यद्यपि, हालको गिरावटका बाबजुद चाँदीको मूल्य एक वर्षअघिको स्तरभन्दा अझै माथि नै रहेको छ। विज्ञहरूका अनुसार बजार अत्यन्तै अस्थिररहेकाले चाँदीको भविष्यको मूल्य चाल डलरको स्थिति, विश्व राजनीति र आर्थिक अवस्थाजस्ता धेरै अन्तर्राष्ट्रिय कारकहरूमा निर्भर रहनेछ। पछिल्लो वर्षमा पहेलो धातु सुन र सेतो धातु चाँदीको मूल्य बिकै बढेको हुँदा विश्वभरका लगानीकर्ताहरुको ध्यान त्यही मोडिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi