काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहसँग चुनावी प्रचार प्रसारका क्रममा अछाममा बेहस भएका पत्रकार दिनेश सिटौलाको आज मृत्यु भएको छ ।
प्रचारका क्रममा ढलेपछि अछामबाट नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार उनको आइतबार १२ः४५ मा मृत्यु भएको हो । सिटौलाको ब्रेन हेमरेजका कारण मृत्यु भएको अस्पतालको दाबी छ ।








प्रतिक्रिया दिनुहोस्