काठमाडौं । आज आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँमा झरेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा १८ हजार ८ सय रुपैयाँले घटेको हो । शुक्रबार प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । आज ३ लाखमा कारोबार भइरहेको छ ।
यस्तै चाँदीको मूल्य ५ हजार ५ सय रुपैयाँ रहेको छ । चाँदी शुक्रबार ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी तोलामा १५ सय ८६ रुपैयाँले घटेको हो ।







प्रतिक्रिया दिनुहोस्