Skip to content

एनआईसी एशिया बैंकद्वारा आकर्षक ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंकले सुन तथा सुनका गरगहना धितो राखी प्रवाह गरिने आकर्षक ‘गोल्ड लोन’ कर्जा योजना सार्वजनिक गरेको छ । समयअनुसार ग्राहकहरूको आवश्यकता र मागलाई सम्बोधन गर्ने उद्देश्यले बैंकले प्रतिस्पर्धी ब्याजदरमा उक्त योजना ल्याएको हो ।

बैंकका अनुसार यस योजनाअन्तर्गत ग्राहकहरूले अधिकतम ५० लाख रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । औसत आधार दरमा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा सहित प्रतिस्पर्धी ब्याजदरमा सुनको बार तथा सुनका गरगहना धितो राखी बजार मूल्यको अधिकतम ७० देखि ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराइनेछ ।

साथै, यस कर्जा योजनामार्फत गरगहना खरिदका लागि समेत कर्जा लिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । ग्राहकहरूले तोकिएका विभिन्न शाखामार्फत यो सुविधा लिन सक्नेछन् ।

ग्राहकहरूलाई कर्जा सम्बन्धी सेवा थप सहज बनाउने उद्देश्यले बैंकले ‘कर्जा सहायता केन्द्र’ समेत स्थापना गरेको छ । एकद्वार प्रणालीमार्फत कर्जा सम्बन्धी सल्लाह, सुझाव, गुनासो तथा जिज्ञासाको समयमै प्रभावकारी समाधान प्रदान गरिने बैंकको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life