काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार सेयर बजार मापक नेप्से परिसूचक १९.८५ अंकले घटेर २६९४.२० बिन्दुमा झरेको हो ।
आज सेयर बजार ०.७३ प्रतिशतले घटेको हो । आज सेन्सेटिभ इण्डेक्स २.७६ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९४ अंक घटेको छ।
आज सेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । गत हप्ताको बिहीबार १४ अर्ब ५६ करोड ३१ लाख ३८ हजार ८५६ रुपैयाँमा बराबरको सेयर कारोबार भएको बजारमा आज ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरकोमात्र सेयर कारोबार भएको हो ।







प्रतिक्रिया दिनुहोस्