Skip to content

बैंक तथा वित्तीय संस्थाको निक्षेप ५.७, निजी क्षेत्रमा जाने कर्जा ३.६ प्रतिशतले बढ्यो

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.७ प्रतिशत (४ खर्ब १७ अर्ब ४८ करोड) ले वृद्धि भई ७६ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.७ प्रतिशत (२ खर्ब ३९ अर्ब ६ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.८ प्रतिशतले बढेको छ ।

२०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.९ प्रतिशत, ४१.३ प्रतिशत र ४२.८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.६ प्रतिशत रहेको थियो ।

२०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.१ प्रतिशत रहेको छ । २०८१ पुस मसान्तमा यस्तो निक्षेपको अंश ३५.५२ प्रतिशत रहेको थियो ।

यस्तै यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत (१ खर्ब ९७ अर्ब ४७ करोड) ले बढी ५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २ खर्ब ६५ अर्ब ५६ करोड (५.२ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.७ प्रतिशतले बढेको छ ।

२०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.२ प्रतिशत र ३५.८ प्रतिशत रहेको थियो ।

यो अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ३.७ प्रतिशत, विकास बैंकहरूको २.९ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ ।

पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर– कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.९ प्रतिशत रहेको छ । २०८१ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.५ प्रतिशत र ६४.९ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०८२/८३ को छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ७.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशत, वित्त विमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.१ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.९ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले घटेको छ ।

यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा ८.३ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ७.८ प्रतिशत, हायर पर्चेज कर्जा ७.३ प्रतिशत, क्यास क्रेडिट कर्जा ३.० प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा २.९ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५ प्रतिशत र आवधिक कर्जा २.४ प्रतिशतले बढेको छ । अधिविकर्ष कर्जा क्रमशः ३.३ प्रतिशतले घटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi