Skip to content

देउराली जनता फर्मास्यूटिकल्सले चितवनमा ४७५ करोडमा नयाँ कारखाना निर्माण गर्ने

काठमाडौं । देउराली जनता फर्मास्यूटिकल्स प्रालिले आफ्नो उत्पादनलाई विविधीकरण गर्दै उत्पादन क्षमता वृद्धि गर्ने र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको अत्याधुनिक नयाँ कारखाना चितवनको भरतपुरमा निर्माण गर्ने निर्णय गरेको छ ।
कम्पनीको ३५औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक हरिभक्त शर्माले उक्त जानकारी दिएका हुन् ।  यो प्रस्तावित नयाँ कारखानामा यस कम्पनीले थप ४७५ करोड लगानी गरी यो आयोजनालाई २ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ । उक्त नयाँ परियोजना सम्पन्न भएपछि थप ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सृजना हुनेछ ।
देउराली–जनता फर्मास्यूटिकल्स प्रालि विगत ३५ वर्षदेखि नेपाली जनताका लागि उच्च प्रविधि आयात गरी अत्यावश्यक औषधिहरू  स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवामा समर्पित नेपालकै अग्रणी औषधि उद्योगका रूपमा स्थापित रहँदै आएको छ ।
कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गर्दै अत्यावश्यक जीवन रक्षक औषधिहरू र विभिन्न दीर्घ रोगहरूको उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्याब्लेट, तरल पदार्थ, मलम, सुख्खा पाउडर लगायतका २९६ प्रकारका जीवन रक्षक औषधिहरू अनुसन्धान गर्ने, उत्पादन गर्ने र ती उत्पादनहरूको गुणवत्ता निर्धारण गर्ने अत्याधुनिक प्रविधि र उपकरण सहितको सुविधा सम्पन्न कारखाना निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीयता भएका औषधिहरू नेपाली जनतालाई उपलब्ध गराई रहेको छ ।
उराली–जनता नेपालको औषधि उत्पादन क्षेत्रमा प्रविधि हस्तान्तरण मार्फत उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रविधि आयात गर्ने पहिलो र एक मात्र उद्योगको रूपमा स्थापित भई कुशल उत्पादन एवं गुणस्तर नियन्त्रण प्रक्रिया एवम् वातावरणीय मापदण्ड पूरा गरेको आधारमा प्रदान गरिने आईएसओ–९००१ः आईएसओ–१४००१ का प्रमाणीकरणहरू र विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम अन्तर्राष्ट्रियकरण कुशल औषधि उत्पादन प्रक्रिया पूरा गरेको आधारमा प्रदान गरिने डव्लुएचओ–जिएमपीको प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो औषधि कम्पनीको रूपमा परिचित रहेको  छ ।
देउराली–जनताले कुशल संस्थागत व्यवस्थापन, प्रशासनिक पारदर्शिता र कर्मचारी नीति, सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै आफ्नो उत्पादन प्रणाली, गुणस्तर एवं व्यावसायिक आचरणलाई अन्तर्राष्ट्रियकरण बनाउने प्रयत्न गरिरहेको छ । ‘हाम्रो उत्पादन विविधीकरण र उत्पादन क्षमता वृद्धि गर्न थप ४७५ करोड लगानी गर्ने यस पुनीत प्रयासमा शीघ्र निर्णयसहित सहयोग प्रदान गर्न हामी नेपाल सरकारका सबै निकायहरू, नेपाली जनता र विशेष गरी तपाई पत्रकार मित्रहरूको सहयोग, साथ र हौसलाको अपेक्षा गर्दछौँ ।’, कार्यकारी निर्देशक शर्माले भने ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life