काठमाडौं । सेयर बजारमा सबैभन्दा बढी हिस्सा जलविद्युत क्षेत्रको रहेको पाइएको छ । नेप्सेको सूचीकृत भएका संस्थालाई विभिन्न १२ वटा समूहमा वर्गिकरण गरिएको छ ।
नेप्सेका अनुसार २०८२ मंसिर मसान्तसम्म २८५ वटा संस्था नेप्सेका सूचीकृत भएका छन् । यी संस्थालाई विभिन्न १२ वटा समूहमा वर्गिकरण गरिएको हो ।
जसमा सबैभन्दा धेरै हिस्सा जलविद्युत क्षेत्रको ३४.०४ प्रतिशत रहेको छ । नेप्सेमा ९७ जलविद्युत कम्पनी सूचीकृत भएको जनाइएको छ । यस्तै वाणिज्य बैंकको हिस्सा ६.६७ प्रतिशत रहेको छ । नेप्सेमा १९ बैंक सूचीकृत रहेका छन् ।
यस्तै विकास बैंकको हिस्सा ५.६१ प्रतिशत, वित्त कम्पनीको हिस्सा ७.०२ प्रतिशत, लघुवित्तको हिस्सा १७.८९ प्रतिशत रहेको छ ।
यस्तै जीवन बीमा कम्पनीको हिस्सा ४.९१ प्रतिशत, निर्जीबन बीमाको हिस्सा ४.५६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको हिस्सा ९.१२ प्रतिशत, होटल तथा पर्यटन समूहको हिस्सा २.८१ प्रतिशत रहेको छ ।
यस्तै ब्यापार कम्पनीको हिस्सा १.४० प्रतिशत, लगानी समूहको हिस्सा २.४६ प्रतिशत र अन्य कम्पनीको हिस्सा ३.५१ प्रतिशत रहेको छ ।







प्रतिक्रिया दिनुहोस्