काठमाडौं । नेपालका लागि जिली ईएक्स फाइभको आधिकारिक आयातकर्ता तथा विक्रेता एलआरआर मोटर्सले वर्षको सुरुआतमै २०२६ मोडलको जिली ईएक्स फाइभ सार्वजनिक गर्ने भएको छ ।
नेपालका अधिकांश अटोमोबाइल आयातकर्ताहरूले नयाँ मोडलका सवारीसाधनहरू प्रायः वर्षको मध्यतिर सार्वजनिक गर्ने प्रचलन रहेको अवस्थामा, एलआरआर मोटर्सले २०२६ सालको पहिलो महिनामै २०२६ मोडलको जिली ईएक्स फाइभ नेपाली बजारमा उपलब्ध गराएको छ ।
अब ग्राहकहरूले अपेक्षाभन्दा निकै छिटो नयाँ मोडलको सवारीसाधन प्राप्त गर्न सक्नेछन्, जसले उच्च पुनःबिक्री मूल्य, अद्यावधिक प्रविधि तथा भविष्य–मैत्री ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ ।
थप आकर्षणका रूपमा, २०२६ मोडलको जिली ईएक्स फाइभमा इनबिल्ट एप्पल कारप्ले तथा एन्ड्रोइड अटो कनेक्टिभिटी प्रदान गरिएको छ, जसले स्मार्टफोनसँगको सहज एकीकरणमार्फत समग्र ड्राइभिङ अनुभवलाई अझ सशक्त बनाएको छ ।
यस प्रणालीमार्फत चालकहरूले सुरक्षित र सहज रूपमा नेभिगेसन, कल, सन्देश तथा मनोरञ्जन सुविधाहरू प्रयोग गर्न सक्नेछन्, जसले नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारी (ईभी) बजारमा जिली ईएक्स फाइभ लाई प्रविधिमा अग्रणी इलेक्ट्रिक एसयूभीको रूपमा थप मजबुत बनाउने बताइएको छ ।
“नेपाली ग्राहकहरुलाई ढिलाइ नगरी नवीनतम विश्वव्यापी मोबिलिटी समाधान उपलब्ध गराउनु एलआरआर मोटर्सको सदैव प्राथमिकताको विषय होे,” एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले भने, “इनबिल्ट एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता उन्नत सुविधासहित नयाँ ईएक्स फाइभले ग्राहकहरूलाई थप सुविधा, कनेक्टिभिटी तथा दीर्घकालीन मूल्य प्रदान गर्नेमा हामी विश्वस्त छांै ।”







प्रतिक्रिया दिनुहोस्