Skip to content

एपोलो हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न सेबोनले दियो अनुमति

nabil bank

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एपोलो हाइड्रोपावर लिमिटेडलाई प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) का लागि अनुमति पाएको छ । बोर्डले कम्पनीलाई मंगलबार आईपीओ निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न स्वीकृति दिएको हो।

बोर्डबाट प्राप्त अनुमति अनुसार एपोलो हाइड्रोपावरले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल १४ लाख १० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ। यस मार्फत कम्पनीले कुल १४ करोड १० लाख रुपैयाँ बराबरको पुँजी बजारबाट सङ्कलन गर्ने तयारी गरेको छ। कम्पनीको यस सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi