Skip to content

सन नेपाल लाइफ इन्स्योरेन्सको चारदिने सेल्स ट्रेनिङ

nabil bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अगैयास्थित अगैया स्प्रिंग रिभर साइड रिसोर्टमा ४ दिने सन नेपाल इन्टरनेशनल सेल्स ट्रेनिङ (सिस्ट) तालिम १९ गते उद्घाटन भएको छ।

अभिकर्ताहरूको दक्षता, आत्मविश्वास तथा व्यावसायिक क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम १९ गते देखि सुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ नायब कार्यकारी अधिकृत कवि फुयालले बीमा क्षेत्रलाई विश्वासिलो, व्यावसायिक र प्रविधिमैत्री बनाउन अभिकर्ताको भूमिकालाई महत्वपूर्ण भएको र यस्तो तालिमले संस्थागत क्षमता वृद्धि गर्न मद्दत पुग्ने बताए।

कार्यक्रममा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजन प्रमुख दिपेन्द्र रावत अतिथिको रूपमा उपस्थित रहनु भएको थियो। अभिकर्ताहरूलाई निरन्तर सिकाइ, ग्राहकमैत्री सेवा प्रवाह तथा आधुनिक बीमा अभ्यासको आवश्यकता बारे प्रशिक्षण दिइएको थियो।

अभिकर्तालाई आत्मविश्वासी र दक्ष बनाउने,बिक्री तथा सेवा क्षमतामा वृद्धि ल्याउने,अभिकर्तालाई प्रोफेसनल,आधुनिक र प्रविधिमैत्री बनाउने,अभिकर्ता पेशालाई सम्मानजनक र व्यवस्थित पेशाको रूपमा विकास गर्ने, बीमा सम्बन्धी विस्तृत जानकारी प्रदान गर्ने लगायतका विषय समावेश छन्।

चार दिनसम्म (१९ गतेदेखि २२ गतेसम्म) चल्ने यस तालिममा मुख्य प्रशिक्षकको रुपमा प्रमुख बजार अधिकृत गणेश चौलागाई, तालिम विभाग प्रमुख भुवन सिंह मुरी मगर तथा राप्ती–भेरी रिजत प्रमुख दिपेन्द्र रावतको उपस्थिति तथा प्रशिक्षण रहने छ।

यस तालिमले स्थानीय अभिकर्ताहरूलाई बीमा सेवामा अझ प्रभावकारी, जिम्मेवार र परिणाममुखी बन्न प्रेरित गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विश्वास लिएको आयोजकले जनाएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi