Skip to content

भारत र अमेरिकाबीच व्यापारमा सहमति, ट्रम्पले भारतमा लगाएको भन्सार दर १८% मा झारे

nabil bank

काठमाडौ । अमेरिकाले भारतबाट आयात हुने सामानमा लगाउँदै आएको शुल्क घटाएर १८ प्रतिशत बनाएको छ ।

यसबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। राष्ट्रपति ट्रम्पले अमेरिका–भारतबीच व्यापार सम्झौतामा सहमति बनेको पनिबताएका छन्, तर प्रधानमन्त्री मोदीको पोस्टमा व्यापार सम्झौताको विस्तृत उल्लेख छैन।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन् कि अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको छ, जसअन्तर्गत रेसिप्रोकल ट्यारिफ २५ प्रतिशतबाट घटाएर १८ प्रतिशत गरिएको हो। उता प्रधानमन्त्री मोदीले ‘मेड इन इन्डिया’ उत्पादनमा शुल्क घटाइएकोमा खुशी व्यक्तगरेका छन्।

भारतस्थित अमेरिकी राजदूत सर्जियो गोरले पनि अमेरिका र भारतबीचको सम्बन्धमा ठूलो सम्भावना रहेको र व्यापार सम्झौताबाट उत्साहितभएको बताएका छन्। उनका अनुसार राष्ट्रपति ट्रम्प प्रधानमन्त्री मोदीलाई आफ्नो असल मित्र मान्छन्।

यो घोषणा महत्वपूर्ण मानिएको छ, किनकि पछिल्लो एक वर्षयता अमेरिका र भारतको सम्बन्धमा उतार–चढाव देखिँदै आएको थियो। यसअघिअमेरिकाले भारतमा २५ प्रतिशत शुल्क लगाउनुका साथै रूसबाट तेल खरिद गरेबापत थप २५ प्रतिशत शुल्क लगाएको थियो, जसले कुल शुल्क५० प्रतिशत पुगेको थियो।

राष्ट्रपति ट्रम्पले प्रधानमन्त्री मोदीसँग भएको कुराकानीबारे जानकारी दिँदै व्यापार, रूस–युक्रेन युद्ध र ऊर्जा खरिदका विषयमा छलफल भएकोबताएका छन्। उनका अनुसार भारतले रूसबाट तेल खरिद कम गरी अमेरिका र सम्भवतः भेनेजुएलाबाट बढी तेल खरिद गर्ने सहमति जनाएकोछ। यसले युक्रेन युद्ध अन्त्य गर्न सहयोग पुग्ने ट्रम्पको भनाइ छ।

ट्रम्पले भारतले अमेरिकाप्रति आफ्नो शुल्क र गैर-शुल्क अवरोधहरू घटाउने दिशामा अघि बढ्ने र ‘बाय अमेरिकन’ नीतिअन्तर्गत ऊर्जा, प्रविधि, कृषि, कोइला लगायतका क्षेत्रमा ५०० अर्ब डलरभन्दा बढीको खरिद गर्ने प्रतिबद्धता जनाएको दाबी गरेका छन्।

प्रधानमन्त्री मोदीले पनि राष्ट्रपति ट्रम्पसँगको कुराकानीप्रति खुशी व्यक्त गर्दै शुल्क घटाइएकामा भारतका १.४ अर्ब जनताको तर्फबाट धन्यवाद दिएका छन्। उनले दुई ठूला अर्थतन्त्र र विश्वका ठूला लोकतन्त्र मिलेर काम गर्दा दुवै देशका जनतालाई फाइदा पुग्ने बताएका छन्। साथै, विश्वशान्ति र स्थायित्वका लागि राष्ट्रपति ट्रम्पको नेतृत्व महत्वपूर्ण रहेको उल्लेख गरेका छन्।

यस घोषणापछि भारतीय विपक्षी कांग्रेस पार्टीले प्रतिक्रिया दिएको छ। कांग्रेस प्रवक्ता जयराम रमेशले राष्ट्रपति ट्रम्पले वाशिङ्टनबाटै भारतसम्बन्धी ठूला घोषणाहरू गर्दै आएको र यसले प्रधानमन्त्री मोदीमाथि दबाब देखिएको टिप्पणी गरेका छन्। उनका अनुसार यस पटक भारत झुकेको जस्तो देखिन्छ र सम्झौताको पूर्ण विवरण आउन अझै बाँकी छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi