Skip to content

बजार पुँजीकरणमा ठूलो हिस्सा वाणिज्य बैंकको, जलविद्युत क्षेत्रको बढ्दै

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत संस्थालाई विभिन्न १२ वटा समूहमा विभाजन गरेको छ ।

१२ वटा समूहमध्ये बजार पुँजीकरणका हिसाबले सबैभन्दा बढी हिस्सा (२३.८५ प्रतिशत) वाणिज्य बैंकको रहेको छ । एक अध्यय अनुसार बजार पुँजीकरणमा सबैभन्दा वाणिज्य बैंकको रहेको छ भने सबैभन्दा कम वित्त समूहको रहेको छ । वित्त समूहको सबैभन्दा कम हिस्सा (१.६९ प्रतिशत) रहेको छ ।

यस्तै विकास बैंकको ४.५१ प्रतिशत, लघुवित्तको ८.४७ प्रतिशत, जीवन बीमा ९.२६ प्रतिशत, निर्जीबन बीमा ४.७४ प्रतिशत, उत्पादन तथा प्रशोधन ६.५१ प्रतिशत, होटल तथा पर्यटन ३.१० प्रतिशत, ब्यापार समूहको ४.८६ प्रतिशत, जलविद्युत १५.२४ प्रतिशत, लगानी ७.३८ प्रतिशत र अन्य कम्पनीको बजार पुँजीकरण १०.३८ प्रतिशत छ ।

विगतमा बजार पुँजीकरणमा करिब ८० प्रतिशत हिस्सा राखे वित्तीय क्षेत्रको हिस्सा क्रमशः घट्दै गएको छ । आर्थिक वर्ष २०७९/८० को अन्त्यमा ६२.९६ प्रतिशत रहेको बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त, जीवन बीमा र निर्जीवन बीमा क्षेत्रको हिस्सा आर्थिक वर्ष २०८०/८१, आर्थिक वर्ष २०८१/८२ र संवत् २०८२ मंसिर मसान्तमा क्रमशः ५८.६४ प्रतिशत, ५४.१२ प्रतिशत र ५२.५२ प्रतिशतमा घटेको छ ।

पछिल्लो समय बजार पुँजीकरणमा जलविद्युत क्षेत्रको हिस्सा बढ्न थालेको देखिन्छ । यसबाट धितोपत्र बजारमा वित्तीय क्षेत्रको केन्द्रीकरणमा क्रमशः कमी आउँदै गई क्षेत्रगत विविधता बढ्न थालेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life