Skip to content

अनलाइन मतदानको व्यवस्था गर्न एनआरएनएलाई परराष्ट्रको निर्देशन

काठमाडौं । परराष्ट्र मन्त्रालयले भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूका लागि अनलाइन माध्यमबाट मतदानको व्यवस्था गर्न निर्देशन दिएको छ।

मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन विधानअनुसार सञ्चालन गर्न पत्रमार्फत राय दिएको हो। संघलाई पठाइएको पत्रमा गैरआवासीय नेपाली संघको विधान २००३ (संशोधन २०२२) को दफा १४ र दफा २१(१०) अनुसार निर्वाचन भौतिक रूपमा उपस्थित भई वा अनलाइन माध्यमबाट गर्न सकिने उल्लेख छ। सोही व्यवस्था अनुसार भौतिक रूपमा उपस्थित हुन नसक्ने प्रतिनिधिहरूका लागि अनलाइन मार्फत मतदानको व्यवस्था अनिवार्य गर्नुपर्ने मन्त्रालयको भनाइ छ।

पत्रमा अधिकतम प्रतिनिधि भौतिक रूपमा उपस्थित हुने व्यवस्था मिलाउँदै, उपस्थित हुन नसक्नेको हकमा विधानअनुसार अनलाइन (भर्चुअल) माध्यमबाट सहभागिता सुनिश्चित गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन उपयुक्त हुने राय व्यक्त गरिएको छ।

परराष्ट्र मन्त्रालयले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीहरूको सहभागिता सुनिश्चित गर्नु संघको दायित्व भएको उल्लेख गर्दै, त्यसका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी गर्न पनि आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life