काठमाडौं । आज सुनचाँदीको मूल्यमा निकै बृद्धि भएको छ । एकै दिन सुन तोलामा १४ हजार ४०० रुपैयाँको बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँ पुगेको छ ।
मंगलबार २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य ५ हजार ६०० रुपैयाँ पुगेको छ । मंगलबार ५ हजार ३३५ रुपैयाँ रहेको थियो । चाँदीको मूल्य तोलामा २६५ रुपैयाँले बढेको छ ।







प्रतिक्रिया दिनुहोस्