काठमाडौं । कालिञ्चोक दर्शन प्रालिको नाफा बढेको छ । कम्पनीले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय अवस्था अनुसार नाफा १ करोड १९ लाख ९३ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा कम्पनीको नाफा ४७ लाख ४६ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा कम्पनीको नाफा १५२.६८ प्रतिशतले बढेको छ ।
पुस मसान्तसम्म कम्पनीको आम्दानी ३ करोड ५४ लाख ६६ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ३ करोड ८ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।
कम्पनीको सञ्चालन आम्दानी ३ करोड ४१ लाख ५९ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ करोड ९० लाख ६४ हजार रुपैयाँ रहेको थियो ।
पुस मसान्तसम्म कम्पनीको सञ्चालन नाफा १ करोड ४९ लाख ५ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ करोड २ लाख ५८ हजार रूपैयाँ रहेको थियो ।
पुस मसान्तसम्म ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ३९ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ९७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०७ रुपैयाँ ३६ पैसा छ ।







प्रतिक्रिया दिनुहोस्