काठमाडौं । कामना सेवा विकास बैंकले निष्काशन गरेको ‘कामना सेवा विकास बैंक ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ को बाँडफाँड सम्पन्न भएको छ । माघ २१ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा बैंकको सेयर बाँडफाँड सम्पन्न भएको हो ।
बैंकले ३५ करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गरेको थियो । बैंकको सेयरमा १.९ गुणा भन्दा बढी आवेदन परेको छ । जसले नेपाली पूँजी बजार तथा वित्तीय क्षेत्रमा लगानीकर्ताहरुको उच्च विश्वास र आकर्षणलाई प्रतिविम्वित गर्दछ ।
परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरु (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामुहिक लगानी कोष बाहेक) का लागि माघ १२ गतेदेखि माघ १५ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
उक्त अवधिभर विभिन्न संघ संस्थाहरु मार्फत उत्साहजनक सहभागिता रहेको छ । अविमोच्य अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर (असञ्चिति) रहेको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर विकास बैंकहरुमा पहिलो पटक जारी गरिएको हो ।







प्रतिक्रिया दिनुहोस्