काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक १.६४ प्रतिशतले घटेर परिसूचक २६८१.५० बिन्दु कायम भएको छ ।
३२६ कम्पनीको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर ७ अर्ब ४९ करोड ९७ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ । कारोबारमा विकास बैंक, वित्त कम्पनी, होटल, जलविद्युत, निर्जीबन बीमा समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
कारोबारमा ११३ कम्पनीको मूल्य बढ्दा १३४ कम्पनीको मूल्य घटेको छ । आज कालिन्चोक दर्शन, सुपर माइ हाइड्रो, सुपरमादी हाइड्रो, आँखाुखोला जलविद्यतु कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।







प्रतिक्रिया दिनुहोस्