Skip to content

सन नेपाल लाइफको नाफा २८ करोड ५४ लाख

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २८ करोड ५४ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा १।११ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा कम्पनीको नाफा २८ करोड २२ लाख ७९ हजार रुपैयाँ रहेको थियो ।

पुस मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब २६ करोड ५८ लाख २६ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ अर्ब १८ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको कुल आम्दानी २ अर्ब ६१ करोड २० लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ अर्ब ९४ करोड २० लाख रुपैयाँ रहेको थियो । कम्पनीको खर्च २ अर्ब २९ करोड ८६ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको जीवन बीमाकोषमा ११ अर्ब ४ करोड ७९ लाख ४८ हजार रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ११।३० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १४७.२८ रुपैयाँ रहेको छ ।

५ अर्ब ३ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको प्रिमियम १ अर्ब ३० करोड २२ लाख, महाविपत्ति कोषमा २३ करोड ६१ लाख रुपैयाँ, जगेडा कोषमा ५४ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life