काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा रास्वपाको रौतहट–२ का उमेदवारको गाडीले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।
आज दिउँसो रास्वपाका उम्मेदवार सगिर आलम चढेको बा१५च ४२४४ नम्बरको गाडीले ठक्कर दिँदा इशनाथ नगरपालिका–४ मठियाकी चार वर्षिय बालिका अल्फा खातुनको मृत्यु भएको हो ।
तिब्र गतिमा रहेको गाडीले बालिकालाई ठक्कर दिएको स्थानीयले बताए ।
गाडीको ठक्करबाट बालिकाको गौरस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक भने फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीले चालकको खोजी भइरहेको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्