Skip to content

बैंकको सम्पत्ति १४.०७ प्रतिशतले बढेर ८२ खर्ब नाघ्योः ग्लोबल आइएमई र नबिल प्रतिस्पर्धामा, कुन कति धनी ?

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकको सम्पत्ति १४.०७ प्रतिशतले बढेर ८२ खर्ब ९ अर्ब ६७ करोड ९० लाख ८१ हजार रुपैयाँ पुगेको छ । बैंकको सम्पत्ति गत आवको दोस्रो त्रैमासमा ७१ खर्ब ९७ अर्ब ८१ करोड ९ लाख ३७ हजार रुपैयाँ रहेको थियो । बैंकहरुले प्रकाशित गरेको वित्तीय अवस्था अनुसार सबै बैंकको सम्पत्ति बढेको छ ।

सम्पत्तिको हिसाबले सबैभन्दा धनी बैंक ग्लोबल आइएमई रहेको छ । बैंकको सम्पत्ति १६.८८ प्रतिशतले बढेर ७ खर्ब ४८ अर्ब २९ करोड ६५ लाख ९३ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको सम्पत्ति ६ खर्ब ४० अर्ब २४ करोड ८७ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

धेरै सम्पत्ति हुने दोस्रोमा नबिल बैंक रहेको छ । शैंकको सम्पत्ति १९.०५ प्रतिशतले बढेर ६ खर्ब ९७ अर्ब २ करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको सम्पत्ति २३.०८ प्रतिशतले बढेर ६ खर्ब ४७ अर्ब ५५ करोड ५७ लाख ९८ हजार, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सम्पत्ति १३.९२ प्रतिशतले बढेर ६ खर्ब ७ अर्ब ४१ करोड ७८ लाख ७५ हजार, लक्ष्मी सनराइज बैंकको १२.७७ प्रतिशतले बढेर ४ खर्ब ६२ अर्ब ३१ करोड ७६ लाख २६ हजार रुपैयाँ रहेको छ । यस्तै कुमारी बैंकको ३.७१ प्रतिशतले बढेर ४ खर्ब ५२ अर्ब ९६ करोड ९२ लाख ५६ हजार, नेपाल बैंकको १६.१६ प्रतिशतले बढेर ४ खर्ब २३ अर्ब ७७ करोड ९० लाख ८० हजार, प्रभु बैंकको ११.८१ प्रतिशतले बढेर ४ खर्ब १० अर्ब ५७ करोड ७० लाख ८९ हजार, हिमालयन बैकको ९.२३ प्रतिशतले बढेर ४ खर्ब २४ करोड ३७ लाख ६६ हजार, कृषि विकास बैंकको २२.४९ प्रतिशतले बढेर ३ खर्ब ९२ अर्ब १५ करोड ७१ लाख ७६ हजार, एनआईसी एशिया बैंकको ६.३० प्रतिशतले बढेर ३ खर्ब ८७ अर्ब ११ करोड ९५ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।

यस्तै एभरेष्ट बैंकको १९ प्रतिशतले बढेर ३ खर्ब ७४ अर्ब ६८ करोड २५ लाख १३ हजार, एनएमबी बैंकको ११.३४ प्रतिशतले बढेर ३ खर्ब ५९ अर्ब १३ करोड ५३ लाख ६२ हजार, सिद्धार्थ बैंकको १४.१२ प्रतिशतले बढेर ३ खर्ब ४९ अर्ब २७ करोड ३४ लाख २० हजार, प्राइम बैंकको १०.०६ प्रतिशतले ३ खर्ब १९ अर्ब ६७ करोड ८२ लाख ११ हजार, सानिमा बैंकको ९.९० प्रतिशतले बढेर २ खर्ब ७० अर्ब ३८ करोड ३० लाख १४ हजार, नेपाल एसबिआई बैंकको १४.४५ प्रतिशतले बढेर २ खर्ब ५४ अर्ब ८४ करोड २६ लाख २ हजार, सिटिजिन्स बैंकको ७.७७ प्रतिशतले बढेर २ खर्ब ४५ अर्ब ६५ करोड ३४ लाख ९२ हजार, माछापुच्छ्रे बैंकको १९.१३ प्रतिशतले बढेर २ खर्ब ३८ अर्ब २० करोड ५६ लाख ६१ हजार र स्टयान्डर्ड चार्टर्ड बैंकको सम्पत्ति ११ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब ३५ करोड ५३ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

बैंकको सम्पत्तिमा बैंकमा रहेको नगद, विभिन्न सामान, नेपाल राष्ट्र बैंकमा रहेको नगद मौज्दात, बैंक तथा वित्तीय संस्थामा रहेको मौज्दात, वित्तीय संस्थालाई दिएको कर्जा सापटी, ग्राहकलाई दिएको कर्जा सापटी, लगानी सुरक्षण पत्र, डेरिभेटिभ उपकरण, अन्य व्यापारिक सम्पत्ति, चालू कर सम्पत्ति, सहायक कम्पनीमा गरेको लगानी, सम्बद्ध कम्पनीमा गरेको लगानी, लगानी तथा सम्पत्ति, सम्पत्ति तथा उपकरण, ख्याती तथा अमूर्त सम्पत्ति, स्थगन कर सम्पत्ति लगायत पर्छन ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life