Skip to content

आईपीओ निष्कासन गरेको पूर्वमन्त्री खड्का, नेप्सेका पूर्वसीईओ साउदको होटल फरेष्ट इन नोक्सानमा, कसको लगानी कति ?

nabil bank

काठमाडौं । होटल फरेष्ट इनले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका, कर्मचारी, सामुहिक लगानी कोषलाई सेयर निष्कासन गरेपछि सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।

आव २०८१/०८२ सम्म कम्पनीको नेटवर्थ १२५.२६ रुपैयाँ, प्रतिसेयर आम्दानी १६.८६ रुपैयाँ ऋणात्मक र २३ करोड ९४ लाख ३४ हजार नोक्सानमा रहेको छ । यस्तै आव २०८२/८३ मा नेटवर्थ घटेर १२२ रुपैयाँ, प्रतिसेयर आम्दानी १.८० रुपैयाँ हुने प्रक्षेपण रहेको छ । यस्तै कम्पनीको नोक्सान २० करोड ३४ लाख ७६ हजार हुने प्रक्षेपण रहेको छ ।

यस्तै आव ०८३/०८४ मा नेटवर्थ १२६.१० रुपैयाँ, प्रतिसेयर आम्दानी ४.९० रुपैयाँ हुने र नोक्सान घटेर १२ करोड १६ लाख ३४ हजार हुने प्रक्षेपण रहेको छ । यस्तै आव ०८४/०८५ मा नेटवर्थ १३०.५२ रुपैयाँ, प्रतिसेयर आम्दानी ४.४३ रुूपैयाँ हुने र नोक्सान घटेर ३ करोड ३१ लाख १ हजार पुग्ने प्रक्षेपण रहेको छ । यो पाँच तारे होटल हो । होटलमा सबैभन्दा धेरै सेयर स्वामित्व २०.६५ प्रतिशत बिनिता थापाको रहेको छ ।

यस्तै पूर्व ऊर्जा मन्त्री दिपक खडकाको १९.८२ प्रतिशत, त्रिशक्ति ईक्युटी फण्डको ७.७५ प्रतिशत, चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्टको २.६५ प्रतिशत, लेखा श्रेष्ठको २.६१ प्रतिशत, सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्डको १.८७७५ प्रतिशत, महेश श्रेष्ठको १.६४ प्रतिशत, राजेन्द्र बिक्रम पौडेलको १.५६ प्रतिशत सेयर स्वामित्व रहेको छ । होटलको सञ्चालक समिति अध्यक्षमा बिनिता थापा, सञ्चालकमा अमर थापा, चन्द्रसिंह साउद, रिङ्कु निरौला र प्रल्हाद राज कुँवर रहेका छन् ।

होटलमा थापाको ०.९३ प्रतिशत, साउदको ०.७५ प्रतिशत, निरौलाको ०.११ प्रतिशत सेयर स्वामित्व छ । चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्ट लि.को अध्यक्षमा चन्द्रसिंह साउद रहेका छन् भने सञ्चालकमा ठाकुर प्रसाद पौडेल, दुर्गा प्रसाद नेपाल, ज्ञानेन्द्र श्रेष्ठ र सुसिला कुमारी बोहरा रहेका छन् ।

साउद नेप्सेको पूर्व सीईओ समेत हुन् । सिटी एक्सप्रेस इनभेष्टमेन्ट फण्ड प्रा.लि., को अध्यक्षमा डोलराज शर्मा, चन्द्र टण्डन, महेश कुमार श्रेष्ठ रहेका छन् । यस्तै त्रिशक्ति ईक्युटी फण्ड लि.को अध्यक्षमा टंक प्रसाद गौतम, प्रबन्धक सञ्चालकमा मनोज खड्का, गोविन्द दाहाल, उषा घिमिरे र केशव महत रहेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi