काठमाडौं । अनर नेपालले नेपाली बजारमा ल्याएको स्मार्टफोन अनर एक्स९डी ले पहिलो दिन एक हजारभन्दा बढी युनिट बिक्री भएको छ ।
“यो उपलब्धि नेपाली उपभोक्ताहरूको अनर ब्रान्डप्रतिको बढ्दो विश्वास, उत्साह तथा नवीन प्रविधिमा आधारित स्मार्टफोनप्रतिको आकर्षणको स्पष्ट प्रमाण हो । शक्तिशाली प्रदर्शन, टिकाउपन (ड्युरेबिलिटी) तथा प्रिमियम विशेषताहरू प्रदान गर्न डिजाइन गरिएको अनर एक्स९डी छोटो समयमै आफ्नो सेग्मेन्टमा अग्रणी विकल्पका रूपमा स्थापित भएको छ” जारी विज्ञप्तिमा उल्लेख छ ।
अनर एक्स नाइन डी दुई भेरियन्टमा उपलब्ध छ । ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यस्तै १२ जीबी र्याम र २५६ जीबी स्टोरेज मूल्य ५९ हजार ९९९ रुपैयाँ छ ।
स्मार्टफोनमा ८३०० एमएएचको विशाल ब्याट्री र १०८ मेगापिक्सेलको हाई रेजोलुसन क्यामेरा रहेको छ । अर्को मुख्य विशेषता यसको मजबुती हो । यसमा २े.५ मिटरको उचाइबाट खस्दा पनि नफुट्ने ‘ड्रप रेसिस्टेन्स’ क्षमता र धुलो तथा पानी प्रतिरोधी रहेको कम्पनीको दाबी छ ।







प्रतिक्रिया दिनुहोस्