Skip to content

आइएमई लाइफ इन्स्योरेन्सको नाफा र प्रतिसेयर आम्दानीमा सामान्य सुधार

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य सुधार देखिएको हो।

यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा २७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.०४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

चालु आवको पुस मसान्तसम्म कम्पनीको खुद आर्जित बीमाशुल्क ३६.४५ प्रतिशतले बढेर ३ अर्ब १९ करोड २० लाख ९७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस कम्पनीको यस्तो बीमाशुल्क २ अर्ब ३३ करोड ९३ लाख ८८ हजार रुपैयाँ थियो ।

यस कम्पनीको कुल आम्दानी पनि २७.५९ प्रतिशत बढेर ४ अर्ब १ करोड ४५ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्म यस कम्पनीको यस्तो आम्दानी ३ अर्ब १४ करोड ६५ लाख ६४ हजार रुपैयाँ थियो ।

यसैगरी, इन्स्योरेन्सको कुल दाबी भुक्तानी ३०.७१ प्रतिशत बढेर २ अर्ब ९४ करोड १३ लाख ९९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस कम्पनीले कुल दावी भुक्तानी २ अर्ब २५ करोड ३ लाख २० हजार रुपैयाँ गरेको थियो ।

कम्पनीको कुल खर्च ३०.०६ प्रतिशत बढेर ३ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यस इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ११ पैसा बढेर १० रुपैयाँ ८३ पैसा पुगेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.११ गुणा रहेको छ।

कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ भने सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ती कोषमा २८ करोड ९८ लाख रुपैयाँ, रिटन्ड अर्निङ्गमा ४३ करोड ४२ लाख रुपैयाँ र अन्य इक्विटीमा २१ करोड रुपैयाँ सञ्चित छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life