काठमाडौं । सेयर बजारमा हरियाली छाएको छ । बजार मापन गर्ने सूचक २७.१९ अंकले बढेर परिसूचक २७०८.७० बिन्दु कायम भएको छ ।
३२६ कम्पनीको ३ करोड ५५ लाख ७४ हजार ६२७ कित्ता सेयर ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार ८०० रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा २०१ कम्पनीको मूल्य बढेको छ भने ५५ कम्पनीकोे मूल्य घटेको छ ।
कारोबारमा टे«डिङ बाहेक सबै समूहको उपसूचक बढेका छन् । कारोबारमा कालिन्चोक दर्शन, सुपरमाइ हाइड्रोपावर, मोदी इनर्जी, राधी विद्युत कम्पनी, खानीखोला हाइडोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर अग्रस्थानमा रहेको छ । कम्पनीको ५८ करोड ७७ लाख ६३ हजार ८२६ रुपैयाँको कारोबार भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा राधी विद्युत कम्पनी र एसवाई प्यानल रहेको छ ।







प्रतिक्रिया दिनुहोस्