Skip to content

बैंकको प्रतिफलमा सामान्य सुधारः दर्जन बैंकको एकल अंकमा, १० वटाको घट्यो

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्ममा वाणिज्य बैंकको लगानी माथिको प्रतिफल (आरओई) औसतमा ८.२५ प्रतिशत रहेको छ ।

गत आवको सोही आवको तुलनामा आरओईमा सामान्य सुधार आएको छ । गत आवको पुस मसान्तसम्म बैंकको औषत आरओई ८.०२ प्रतिशत रहेको थियो । यो अवधिमा ०.२३ प्रतिशत बिन्दुले बढेको छ ।

सञ्चालनमा रहेका २० वाणिज्य बैंकमा एक बैंकको आरओई ऋणात्मक रहेको छ ११ बैंकको एकल अंकमा रहेको छ । २० बैंकमध्ये १० बैंकको आरओई बढेको छ भने १० बैंकको घटेको छ ।

आरओई घटेका बैंकमा एभरेष्टको १.३६, स्टयान्डर्ड चार्टर्ड ३.४३, एनएमबि ३.१८, हिमालयन बैंक १.३२, प्रभु बैंकको २.४५, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.२८, कृषि विकास बैंकको ०.८८, सिटिजन्स बैंकको २.९४, एनआएईसी एशिया बैंकको ०.१३ प्रतिशतले घटेको छ ।

पुस मसान्तसम्म सबैभन्दा धेरै आरओई नबिल बैंकको ३.५१ प्रतिशत बिन्दुले बढेर १४.५४ प्रतिशत रहेको छ । सबैभन्दा कम एनआएईसी एशिया बैंकको ०.९० प्रतिशत रहेको छ । कुमारी बैंकको आरओई १३.७२ प्रतिशत, प्राइम बैंक १२.०९ प्रतिशत, सानिमा बैंकको १२.०१ प्रतिशत, माछापुच्छ्रे बैंकको १०.५२ प्रतिशत रहेको छ ।

यस्तै नेपाल एसबिआई बैंकको ९.९१ प्रतिशत, ग्लोबल आइएमई बैंकको ९.७५ प्रतिशत, सिद्धार्थ बैंकको ८.५५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.६७ प्रतिशत रहेको छ ।

बैंकको आरओई न्यून हुँदै जाँदा बैंकका सेयरधनीले आफ्नो स्वामित्व बिक्री गर्न थालेका छन् । पछिल्ला केही वर्षयता बैंकको आरओई एकल अंकमा हुँदा पुराना बैंकरहरुले आफ्नो हिस्सा घटाउन तथा कतिपय बैंकर बैंकिङ क्षेत्रबाट बाहिरिन थालेका छन् ।

बैंकिङ क्षेत्रको प्रतिफल घट्दा संस्थापक सेयरधनीहरु धमाधम बाहिरिन थालेका छन् । हाल बैंकको आरओई कम हुने, बैंकको खराब कर्जा बढ्ने, कर्जा प्रवाह कम हुने, प्रवाह भएको कर्जा समयमा नै नउठने, कर्जा उठाउँदा विभिन्न आपराधिक समूहको अवरोध बढ्दै गएको छ । केही वर्षयता बैंकमा गरेको लगानीले उचित प्रतिफल नदिँदा बैंकको लगानी अन्य राम्रो आम्दानी हुने क्षेत्रमा जान थालेको बैंकरहरुको भनाइ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi