Skip to content

नेपाललाई विद्युत्मा र कृषि क्षेत्रमा आत्मनिर्भर हुन आवश्यक छः कुलमान घिसिङ

nabil bank

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल बनाउनका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्ने बताए।

आज यहाँ राजविराजमा उज्यालो नेपाल पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक समृद्धिका लागि विद्युत्मा आत्मनिर्भर र कृषि क्षेत्रको विकास गर्न जरुरी रहेको बताए। ऊर्जा क्षेत्रमा आफूले अघि सारेका पहल र सुधारहरूले नेपालका लागि कार्यान्वयनयोग्य नमुना प्रस्तुत गरेको घिसिङको भनाइ थियो ।

उनले आफ्नो अनुभवलाई मुलुकको समग्र आर्थिक रूपान्तरणमा उपयोग गर्न सकिने उल्लेख गर्दै १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गरेर विद्युत्बाट आम्दानी गर्न सकिने बताए । “देश आत्मनिरर्भर बन्ने र नेपाली जनताले पनि निःशुल्क रुपमा विद्युत बाल्न सक्ने अवस्था बनाउन सकिन्छ ।

कृषि, खानेपानी, रोजगारी तथा ऊर्जा जस्ता आधारभूत क्षेत्रमा आत्मनिर्भरता हासिल नगरी दिगो विकास सम्भव हुँदैन, यसमा हाम्रो पार्टी प्रष्ट छ”, अध्यक्ष घिसिङले भने ।
जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टी अघि बढिरहेको उल्लेख गर्दै उनले सुशासन, पारदर्शिता र विकासलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi