Skip to content

लाभांश वितरण गर्दा कम्पनी सिम्बोल र आर्थिक वर्ष स्पष्ट राख्न नेप्सेको निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लाभांश तथा ब्याज वितरणसम्बन्धी सूचना पठाउँदा कम्पनीहरूले अनिवार्य रूपमा कम्पनी सिम्बोल र आर्थिक वर्ष स्पष्ट उल्लेख गर्न निर्देशन दिएको छ। लगानीकर्तालाई पठाइने जानकारी थप पारदर्शी र स्पष्ट बनाउन यस्तो व्यवस्था लागू गरिएको नेप्सेले जनाएको छ।

नेप्सेका अनुसार कम्पनीहरूले आफ्ना हितोपत्रधनीलाई इमेल, एसएमएस लगायतका माध्यमबाट लाभांश, ब्याज वा अन्य लाभ वितरणसम्बन्धी सूचना पठाउँदा आवश्यक विवरण खुलाउनुपर्नेछ। म्युचुअल फण्ड एकाइ तथा साधारण सेयरका हकमा कम्पनीको स्टक सिम्बोल, सम्बन्धित आर्थिक वर्ष र लाभांश दर प्रतिशत स्पष्ट राख्नुपर्नेछ।

त्यसैगरी, ऋणपत्र वा डिबेन्चरका हकमा समेत स्टक सिम्बोल, आर्थिक वर्ष तथा ब्याज दर प्रतिशत उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life