Skip to content

अष्ट्रेलिया र स्लोभाकिया पठाउने भन्दै साढे १७ लाख ठगी गर्ने दुई जना पक्राउ

nabil bank

काठमाडौं । रोजगारीका लागि अष्ट्रेलिया र स्लोभाकिया पठाउने भन्दै १७ लाख ५० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ बस्ने ३५ वर्षीय रुपेश लामिछाने तथा धादिङको खनेबा गाउँपालिका–३ बस्ने ३५ वर्षीय हिरा तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले भने, “पक्राउ परेकामध्ये लामिछाने अष्ट्रेलिया पठाउने भन्दै रु नौ लाख तथा तामाङले स्लोभाकिया पठाउने भन्दै आठ लाख ५० हजार रुपैयाँ लिई विदेश नपठाई सम्पर्कविहिन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।” पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi