काठमाडौं । शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलाको ४ हजार २०० रुपैयाँले र चाँदी तोलाको २७० रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँ कायम भएको छ । यसैगरी, एक तोला चाँदीको मूल्य चार हजार ७१० रुपैयाँ कायम भएको छ ।
बिहीबार सुनको मूल्य तोलाको दुई लाख ९५ हजार २०० रुपैयाँ थियो । बिहीबार चाँदीको मूल्य चार हजार ९८० रुपैयाँ तोला बिmक्री भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ र त्यति नै परिमाणको सेतो धातु ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







प्रतिक्रिया दिनुहोस्