काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’को डेरामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौं बाँसवारीका मनीष राजवहाक, सिन्धुपाल्चोकका खिमबहादुर खड्का र धादिङका सञ्जय श्रेष्ठलाई पक्राउ गरेको हो ।
तीन जनालाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको परिसरका एसपी पवन भट्टराईले बताए ।
उनीहरूले केही दिनअघि महाराजगन्जको चप्पल कारखानस्थित सितादेवी गुरुङको घरमा रहेको बालेनको डेरा चोरी गरेका थिए ।
चोरी गर्ने तीनैजना विभिन्न कसुरका परेका आरोपी हुन् ।
उनीहरू जेनजी आन्दोलनमा भदौ २४ मा भएको जेनजी प्रदर्शनका क्रममा नक्खु कारागारबाट भागेको प्रहरीको भनाइ छद्ध ।








प्रतिक्रिया दिनुहोस्