Skip to content

हायरको ब्राण्ड एम्बासडरमा क्रिकेटर पारस खण्डका

काठमाडौं । विश्वप्रसिद्ध होम एप्लायन्स ब्रान्ड हायर को ब्रान्ड एम्बासडरका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्का नियुक्त भएका छन् । हायर ब्रान्डको नेपालका लागि आधिकारिक वितरक कम्पनी नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छा र खड्काबीच शुक्रबार यसबारे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

हायर होम एप्लायन्स विश्वकै नम्बर १ ब्रान्ड हो । बजार अनुसन्धान संस्था युरोमोनिटर इन्टरनेशनलको तथ्यांङ्क अनुसार बिक्री परिमाणका आधारमा हायरले विगत १७ वर्षदेखि निरन्तर पहिलो स्थान कायम गर्दै आएको छ ।

सन् २०२५ को युरोमोनिटर इन्टरनेशनल तथ्याङ्क अनुसार रेफ्रिजेरेटरतर्फ हायरले १८ वर्षदेखि, वासिङ मेसिनतर्फ १७ वर्षदेखि, र वाइन कुलरतर्फ १६ वर्षदेखि विश्वकै नम्बर १ ब्रान्डको स्थान कायम राखेको छ । त्यस्तै, फ्रिजर बिक्रीमा पनि हायरले विगत १५ वर्षदेखि विश्वकै अग्रस्थान कायम राख्दै आएको छ ।

विश्वकै अग्रणी होम एप्लायन्स ब्रान्डका रूपमा हायरले अन्तर्राष्ट्रिय खेलकुदमा पनि लामो समयदेखि ठूलो लगानी गर्दै आएको छ । यस क्रममा कम्पनीले लिभरपुल एफसी, र एटीपी टूर जस्ता विश्वस्तरीय खेलकुद संस्थासँग दीर्घकालीन साझेदारी गरेको छ । यही क्रममा आगामी दिनमा नेपालको खेलकुद क्षेत्रमा पनि हायरको उपस्थिती हुने अपेक्षा गरिएको छ । सम्झौताका क्रममा क्रिकेटर पारस खड्काले हायरसँग जोडिन पाउनु एक महत्वपूर्ण अवसर भएको बताएका छन् ।

सम्झौताका क्रममा बोल्दै नियोटेरिक नेपालका सञ्चालक सञ्जय गोल्छाले भने, ‘नेपाली क्रिकेट टिमका पूर्वकप्तान लिजेन्ड्री पारस खड्कासँग ब्रान्ड एम्बासडरका रूपमा सहकार्य गर्न पाएकोमा नियोटेरिक परिवार गौरव महसुस गरिरहेको छ ।’ यो सहकार्यमार्फत हामी सफलताको मार्गमा एकसाथ अघि बढ्नेछौँ । प्रयोगकर्तालाई सधैं केन्द्रमा राखी, उनीहरूको आवश्यकता अनुसारका हायरका समाधानहरू उपलब्ध गराउन कम्पनी सधैं तत्पर रहनेछ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life