काठमाडौं । नेपाल वेयरहाउजिङ्गले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।
पुस मसान्तसम्म कम्पनी २ करोड ९ लाख ३५ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत आवको सोही अवधिमा ४ करोड ४९ लाख १९ हजार नोक्सानमा रहेको थियो ।
यो अवधिमा कम्पनीको सञ्चालन आम्दानी बढेर ४ करोड २४ लाख ६८ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १ करोड ८७ लाख ४८ हजार रहेको थियो । यस्तै खुद नाफा १ करोड ८७ लाख ९४ हजार रुपैयाँबाट बढेर ४ करोड २७ लाख ४४ हजार रहेको छ ।
प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५ पैसा ऋणात्मक रहेको कम्पनीको नेटवर्थ १०१ रुपैयाँ २४ पैसा छ ।
६८ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी २० करोड २५ लाख ८४ हजार रुपैयाँ ऋणात्मक छ ।








प्रतिक्रिया दिनुहोस्