Skip to content

वीरगञ्जको एक गोदाममा छापा मार्दा व्यापारी र सशस्त्र प्रहरीबीच झडपः ३ जना प्रहरी घाइते, गाडीमा तोडफोड

काठमाडौं । वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरमा रहेको एक गोदाममा छापा मार्ने क्रममा झडप भएको छ । छापा मार्न गएका वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीलाई व्यापारीले आक्रमण गरेका हुन् ।

संयुक्त टोलीले राजस्व छलेको सूचना पाए लगत्तै प्रमोद कुमार कानुले सञ्चालन गरेको ‘बबिता इन्टरप्राइजेज’ को गोदाममा छापा हानेको थियो । छापा हान्दा गोदामबाट ५ पोका साडी, कुर्ता सुरुवाल लगायतका कपडा नियन्त्रणमा लिएको जनाइएको छ ।

छापा हान्ने क्रममा व्यापारी र सुरक्षाकर्मीबीच झडप भएको छ । झडपका क्रममा तीनजना सशस्त्र प्रहरी कर्मचारी घाइते भएको बताइएको छ । टोलीले खानतलासी गरेपछि स्थानीय व्यापारीले विरोध जनाउँदै आफूहरूसँग सामानको स्पष्ट बिलबिजक रहेको दाबी गर्दै आक्रमणमा उत्रेका थिए ।

व्यापारीहरूले सशस्त्र प्रहरीमाथि ढुङ्गामुढा गरेको सशस्त्र प्रहरीले जनाएको छ । व्यापारीले प्रहार गरेको ढुङ्गाले सशस्त्र प्रहरीको गाडी समेत फुटेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life