Skip to content

भुजुङ्ग हाइड्रोपावरको आईपीओ बाँडफाँट, ८३ हजारलाई १० कित्ता

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ ।

आज बिहान बिक्री प्रबन्धक कुमारी क्यापिटलमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथा मार्फत बाँडफाँट गरिएको छ । ८३ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले गत माघ १२ देखि १५ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ८ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको थियो ।

आईपीओमा २५ लाख ७९ हजार ९२० जनाले २ करोड ८४ लाख ४१ हजार ६८० कित्ता सेयरका लागि आवेदन दिएका थिए । २५ लाख ३९ हजार ८९२ आवेदन स्वीकृत भएको छ भने ४० हजार २८ आवेदन रद्द भएका छन् ।

आईपीओको नजिता भुजुङ्ग हाइड्रोपावरको वेवसाइट, कुमारी क्यापिटलको वेवसाइट, मेरो सेयर र सिडिएससीले आईपीओको नजिता हेर्न बनाएको वेवसाइटबाट थाहा पाउन सकिने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life