काठमाडौं । भुजुङ्ग हाइड्रोपावर कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज बाँडफाँड गरिने भएको छ ।
कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आज बिहान ९ बजे बाँडफाँड हुने छ ।
माघ १२ देखि १५ गतेसम्म निष्कासन गरेको आईपीओमा ३ करोड ७ लाख ८४ हजार ८२० कित्ता सेयरका लागि २६ लाख ६५ हजार १७४ जना लगानीकर्ताले आवेदन दिएका छन् । आईपीओमा ८३ हजार जनालाई लक्की ड्रबाट १०–१० कित्ता सेयर पाउनेछन् । २५ लाख ८२ हजार १७४ जना लगानीकर्ताको हात खाली हुने भएको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँको २० लाख कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको थियो । जसमा १० लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय, १ लाख कित्ता सेयर विदेशमा रहेका नेपालीका लागि निष्काशन गरिसकेको थियो ।
यस्तै कम्पनीका कर्मचारीका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता सेयर दिएको छ । बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको छ ।











प्रतिक्रिया दिनुहोस्