काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खसेको छ ।
दुर्घटनास्थलबाट हालसम्म ११ जनाको उद्धार गरी अस्पताल पठाइएको छ । उद्धार गरिएकामध्ये पाँच जनाको अवस्था चिन्ताजनक रहेको र उनीहरू बेहोस अवस्थामा रहेका छन् ।
रामेछापको मचानेटार भन्ने ठाउँबाट प्रदेश ३-०१-९९५ख९९७५ नम्बरको बस तामाकोशीमा खसेको प्रहरीले बताएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन भइसकेको छैन ।











प्रतिक्रिया दिनुहोस्