Skip to content

ग्लोबल आइएमई बैंकले उपत्यकाका ८ शाखा मर्ज गर्दै

काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौं र ललितपुर जिल्लामा रहेका ८ वटा शाखा समायोजन गर्ने भएको छ ।

बैंकले काठमाडौंका ४ वटा र ललितपुर जिल्लाका ४ वटा शाखा समायोजन गर्ने जनाएको छ । बैंकका अनुसार काठमाडौंको ज्ञानेश्वरमा रहेको शाखा समायोजन भएर सानो गौचरन, नयाँबानेश्वर र शंखमुल शाखा समायोजन भएर शंखमुल कायम हुुने भएको छ ।

यस्तै इन्द्रचोक र असन शाखा समायोजन भएर असनको शाखा कायम हुने, बाफल कलंकी र कलंकी शाखा समायोजन भएर कलंकी शाखा कायम हुने भएको छ ।

बैंकका अनुसार खुमलटार र सातदोबाटो शाखा मर्ज भएर सातदोबाटो कायम हुने, सुन्धारा ललितपुर र ग्वार्को शाखा मर्जर भएर ग्वार्को शाखा, धोबीघाट र एकान्तकुना शाखा मर्ज भएर एकान्तकुना र कुमारीपाटी र लगनखेल शाखा मर्ज भएर ललगनखेल शाखा कायम हुने भएको छ ।

यी शाखाहरुको दुरी २०० मिटरदेखि ३ किलोमिटरसम्म रहेको थियो । यी शाखाहरु आगामी वैशाख २८ गतेदेखि एकआपसमा समायोजन तथा एकीकरण गरि कारोबार सञ्चालन गर्ने बैंकले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life