Skip to content

बढ्यो सुनको मूल्य, चाँदीको घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँ रहेको छ । सोमबार सुन तोलामा ३ लाख ४ हजार ६०० रुपैयाँ थियो ।

यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ५ हजार २४० रुपैयाँमा कारोबार भएको छ । सोमबार ५ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life