Skip to content

नवलपरासी कांग्रेसको एक स्वर: विनोदको जीत, गगनको नेतृत्व

nabil bank

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन प्रचार–प्रसार समिति कार्यालय, सरावल – ४ उद्घाटन कार्यक्रममा नेताहरूले फागुन २१ को आम निर्वाचनलाई पार्टीको रुपान्तरण, नीति र नेतृत्वप्रतिको जनमतका रूपमा प्रस्तुत गरेका छन्। यस क्षेत्रबाट कांग्रेसले केन्द्रीय सदस्य विनोद चौधरीलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको सन्दर्भमा वक्ताहरूले उनको जितलाई राष्ट्रिय राजनीतिक लक्ष्यसँग जोडेर व्याख्या गरे।

नेपाली कांग्रेस नवलपरासी जिल्ला सचिव उमेश यादवले कांग्रेस अबको सरकार र देश विकासको नेतृत्व गर्ने गरी आफूलाई रुपान्तरण गर्दै गएको बताए। उनले कांग्रेसलाई बहुमतले जिताउनुपर्ने आवश्यकता औंल्याउँदै गगन थापालाई प्रधानमन्त्री बनाउन नवलपरासीबाट विनोद चौधरीको जीत अनिवार्य रहेको धारणा राखे।

नेपाली कांग्रेस क्षेत्रीय सभापति मुकुल आचार्यले गगन थापाले अघि सारेको कांग्रेस रुपान्तरण अभियानमा विनोद चौधरीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। गगन थापाको नेतृत्वमा बन्ने सरकारले देशभर सम्मानजनक विकास सुनिश्चित गर्ने उनको विश्वास थियो।

नेपाली कांग्रेस नवलपरासीका महासमिति सदस्य राधेश्याम चौधरीले किसानहरूले मल र बजारको अभाव, सरकारी कार्यालयमा ढिलासुस्ती जस्ता समस्याहरू भोगिरहेको उल्लेख गर्दै ती विषयहरूलाई कांग्रेसले अध्ययन गरेर समाधानतर्फ उन्मुख भएको बताए। उनले यस्ता समस्याको दीर्घकालीन समाधानका लागि यस क्षेत्रबाट विनोद चौधरीलाई जिताउनु आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागी नेताहरूले फागुन २१ को निर्वाचनलाई कांग्रेसको नीति, नेतृत्व र विकास एजेण्डाप्रतिको जनमतका रूपमा चित्रण गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi