Skip to content

मंगलबार पनि घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

nabil bank

काठमाडौं । मंगलबार पनि सेयर बजार घटेको छ । साताको पहिलो कारोबार दिन आइतबारदेखि घटिरहेको सेयर बजार मंगलबार पनि घटेको हो ।

मंगलबार सेयर बजार मापक नेप्से परिसूचक १०.२५ अंक घटेर २६६२.१४ विन्दुमा झरेको छ। आज समग्र सेयर बजार ०.३८ प्रतिशत घटेको छ। यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ।

सेयर बजारसँगै आज कारोबार रकम पनि घटेको छ। सोमबार १० अर्ब ७७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ८ अर्ब ६१ करोड ६४ लाख १० हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१५ प्रतिशत घटेको छ।

आज सबैभन्दा धेरै कालिञ्चोक दर्शन कम्पनीको सेयर मूल्य बढेको छ। यस कम्पनीको सेयर मूल्य ६.३६ प्रतिशत बढेको छ। यसैगरी, आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने आरबिबि फोकस ४० को इकाईमूल्य ४ प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य यस दिन सर्वाधिक ५.२४ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी उच्च स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४५ करोड २८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। यसैगरी, आज आँखु खोला जलविद्युत कम्पनीको साढे ४० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi