Skip to content

मेक्सिकोमा जफत हतियारमध्ये ७७ प्रतिशत अमेरिका बाटै आएको खुलासा

काठमाडौं । मेक्सिकोले विगत केही वर्षमा करिब १८ हजार अवैध हतियार जफत गरेको छ । जसमध्ये ७७ प्रतिशत हतियार अमेरिका बाटै आएका मेक्सिकोका रक्षा सचिव रिकार्डो ट्रेभिल्ला ट्रेजोले मंगलबार जानकारी दिए ।

प्रेस सम्मेलनमा राष्ट्रपति क्लाउडिया शैनबाउमले यी हतियारहरू कसरी संगठित अपराध समूहको हातमा पुगे भन्ने विषयमा गहिरो अनुसन्धान आवश्यक रहेकोमा जोड दिए । उनले ड्रग तस्करी र सिमापार हतियार तस्करीलाई मेक्सिकोका प्रमुख चुनौतीका रूपमा उल्लेख गरे ।

उनहरूले अपराधिक गिरोहलाई कमजोर पार्न र सुरक्षा चुनौतीहरू सामना गर्न संयुक्त प्रयास र अन्तर्राष्ट्रिय सहयोग अनिवार्य रहेको पनि बताए । विशेष रूपमा, अमेरिकासँगको सशस्त्र र सुरक्षा समन्वयलाई अझ सुदृढ बनाउनु आवश्यक रहेकोमा जोड दिइएको छ ।

यसले अमेरिका र मेक्सिकोबीच सीमा पार हतियारको समस्यालाई फेरि ध्यानाकर्षण गराएको छ, जहाँ अवैध हतियारहरू प्रायः सिमापार भएर गिरोह र तस्करी नेटवर्कमा पुग्ने गरेको देखिन्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life