काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य उकालो लागेको छ । नेपाल सुन–चाँदी व्यवसयाी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको १ हजार १०० रुपैयाँले बढेर ३ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य तोलाको ३ लाख ५ हजार ५०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य पनि बुधबार बढेको छ । बुधबार चाँदीको मूल्य तोलाको ५० रुपैयाँ बढेर ५ हजार २९० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य तोलाको ५ हजार २४० रुपैयाँ रहेको थियो ।







प्रतिक्रिया दिनुहोस्