Skip to content

मुक्तिनाथ कृषि कम्पनीको नाफा बढ्यो

nabil bank

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ करोड ७७ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.९१ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड ४६ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी भने घटेको छ। कम्पनीले २९ करोड ८ लाख रुपैयाँ राजस्व आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.२८ प्रतिशत कम हो। यस अवधिमा कम्पनीको कुल आम्दानी १५.८१ प्रतिशत र कुल खर्च २४.६१ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ७१ पैसा रहेको छ। कम्पनीको चुक्ता पूँजी ७५ करोड ६० लाख रुपैयाँ रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi