Skip to content

रिज लाइन इनर्जीको आईपीओ निष्कासन

काठमाडौं । रिज लाइन इनर्जी कम्पनीले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ ।

कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरिसकेको छ । त्यसपछि आजबाट सर्वसाधारणका लागि सेयर निष्कासन गरेको हो ।

कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँको २६ लाख ७ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको छ । जसमा ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय र १ लाख ४२ हजार २०० कित्ता साधारण सेयर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।

यस्तै कम्पनीले २८ हजार ४४० कित्ता सेयर कर्मचारीका लागि, ७१ हजार १०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याएको छ । बाँकी ११ करोड ८० लाख २६ हजार रुपैयाँको ११ लाख ८० हजार २६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन फागुन ४ गतेसम्म दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा फागुन १३ गतेसम्म दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life