काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कपिलवस्तुका जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्। बाणगंगा नगरपालिका–८, धनेषपुर निवासी भट्टराईले प्रहरी अनुसन्धानमा रहेका बैंक सम्बन्धी कागजातहरू आफ्नो फेसबुकमा सार्वजनिक गरेका थिए।
प्रहरीका अनुसार, भट्टराईले माघ २६ गते आफ्नो फेसबुक वालमा ती कागजातहरू सार्वजनिक गरेपछि मंगलबार पक्राउ गरिएको हो। प्रहरी नायब उपरीक्षक ९डीएसपी० रिपेन्द्र कुमार सिंहले बताए, ‘सामाजिक सञ्जालमा विभिन्न सामग्री पोस्ट गरेर घृणा र द्वेष फैलाउने तथा गोपनीयता भंग गरेको उजुरी आएपछि उनलाई नियन्त्रणमा लिएको हो। उनलाई ‘विद्युतीय कारोबार ऐन, २०६३’ अनुसार कारबाही अघि बढाइएको छ।
डीएसपी सिंहका अनुसार भट्टराईले यसअघि पनि पटक–पटक फेसबुकमार्फत् व्यक्तिको चरित्रहत्या गर्ने काम गर्दै आएका थिए। अहिले उनलाई जिल्ला अदालत कपिलवस्तुबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।







प्रतिक्रिया दिनुहोस्